बर्दिया-
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकामा रहेको २ वटा क्याम्पस मध्ये जनसेवा बहुमुखी क्याम्पस बैदीमा लक्ष्मी प्रसाद न्यौपानेको नेतृत्वमा अनेरास्ववियुको प्यानल नै विजय भएको छ । यही चैत्र ५ गतेआईतवार भएको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनबाट जनसेवा बहुमुखी क्याम्पस वैदी , बर्दियामा अनेरास्ववियुको प्यानल नै विजय भएकाे हो।

तिन पार्टीको भातृ विद्यार्थी संगठनको महा गठबन्धनलाई हराउदै अनेरास्ववियुको प्यानल नै विजय भएको छ । वाम लोकतान्त्रिक नागरिक विद्यार्थी समाजका पुर्ण समिर छिनालको प्यानलाई हराउदै अनेरास्ववयुबाट न्यौपानेको नेतृत्वको एकल प्यानल विजय भएको हो ।

विद्यार्थी संगठनको निर्वाचनबाट प्रत्यक्ष तर्फ अनेरास्ववियुका स्ववियु सभापतिमा लक्ष्मी प्रसाद न्यौपाने, सचिवमा कमला विश्वकर्मा, कोषाध्यक्षमा जीतराम थारु , सदस्यहरुमा नरेश पुरी, दुर्गा कुमारी चौधरी, सुनिल थारु, बर्षा थारु र रीमा कुमारी थारु बिजय भएका छन् ।