बारबर्दियाका विद्यालयहरुमा खुलेआम भ्रष्टाचार हुँदा समेत नगर शिक्षा शाखा मौन

Date:

Share post:


बर्दिया/अशोक के.सी. –
बर्दिया जिल्लाको बारवर्दिया अन्तर्गतका प्रायः विद्यालयमा नैतिक तथा आर्थिक भ्रष्टाचार चुलिँदै जाँदा बारवर्दिया शिक्षा शाखा तथा जिल्ला शिक्षा कार्यालय समेत मौन रहेको छ।

हालै बर्दियाको बारवर्दिया नगरपालिका अन्तर्गत वडा नम्बर ९ बनगाईमा रहेको श्री जनज्योति माध्यामिक विदयालयले मिति २०७९/१२/२८ गते पत्र संख्या ०७९/८० च. न. १०२ मा प्रारम्भिक बाल विकास पदको लागि करारमा १ जना विज्ञापन गरिएकोमा आवेदन शुल्क नेपाल सरकारले तोकेको दस्तुरमा तेब्बर भन्दा बढी दस्तुर राखीएको तथा उमेर हद समेत आफूखुसी राखी नैतिक तथा आर्थिक भ्रष्टाचार गर्न खोजेको छर्लङ्ग भएको छ।

त्यस्तै बारवर्दियामा रहेका प्रायः विद्यालयले हालसालै भएको बार्षिक परीक्षामा परिक्षा शुल्क उठाउने तर विल भरपाई नदिने, नगरपालिका बाट कम्प्युटर शिक्षा का लागि अनुदान दिएको कम्प्युटर र विद्यालय भवन प्रयोग गरी निजी रुपमा कम्प्युटर सिकाउने गरेको लगाएतका शिक्षा नियमावली विपरीतका गैरकानुनी कार्य गर्दा समेत बारबर्दियाको नगर शिक्षा शाखा मौन रहेको देख्दा उक्त भ्रष्टाचारका कार्यमा नगर समेतको संलग्नता हो कि भन्ने आम सर्वाधारण गुनासो रहेको छ भने यस्ता शिक्षा नियमावली विपरीतका गैरकानुनी क्रियाकलाप नरोकिए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने जनसेवा उच्च मा वि बैदी का क्याम्पस सभापति लक्ष्मी प्रसाद न्यौपाने ले खोज नेपाल न्युज संग बताउनु भयो र सो आन्दोलन बाट हुने क्षति सम्बन्धित विद्यालय तथा नगर शिक्षा शाखाले लिनुपर्ने समेत बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन...