बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले घुस लिएको आरोप

Date:

Share post:

बर्दिया | बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै मोहन बैद्य किरणले नेतृत्व गरेको क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका केन्द्रिय सदस्य एवं बर्दिया जिल्ला ईन्चार्ज शक्ति लगाएतकोे टिमले भ्रष्टचारी यस जनताको सेवा गर्ने कुर्सिमा बस्ने कुनै अधिकार छैन भन्दै पौडेलको कार्यकक्षबाट बाहिर निकाली नाराबाजी गरेको छ ।

पार्टी कार्यकर्ताको भनाई अनुसार बाँसगढी नगरपालिकाका केहि बासिन्दाहरु लगाएतका जनताहरुले नगरपालिकामा चरम भ्रष्टाचार भएको गुनासोका साथै सिलाईकटाई कार्यक्रममा सहभागिलाई करिब एक सय बीस रुपिया रकम बराबरको खाजा खुवाउनु पर्नेमा २५ रुपियाको नास्ता खुवाएर सय भन्दा बढिको बिल पेश गर्न लगाई भ्रष्टाचार गरेको गुनासो आईसके पश्चात केहि महिना देखि त्यस विषयमा शक्ति लगाएतकोे टिमले निगरानी गर्दै आईरहेको थियो ।

उक्त सिलाईकटाई कार्यक्रममा नास्ता खुवाउने पसलमा गई शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डेले खालि बिल मागी लगेको पसलका साहुले जानकारी गराए । उक्त विषयमा बासगढी नगरपालिका उद्यम विकाश शाखाकी सहजकर्ता कृष्णा पाण्डे संग शक्तिको टिमले सोधपुछ गर्दा २५ रुपैयाको दरले नास्ता खुवाई पसलबाट खालि बिल मागी लगेको स्वीकारेकी थिईन । तर उक्त कार्य गर्नको निम्ति प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेलको निर्देशनमा गरेको र एक लाख पैतिस हजार प्रमुख प्रशासकिय अधिकृत पौडेललाई बुझाएको जानकारी गराईन ।

यस विषयलाई लियर क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका कार्यक्रता बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा गई कर्मचारी पाण्डे र प्रमुख प्रशासकिय अधिकृत पौडेललाई एकै साथ सोधपुछ गर्दा कर्मचारी पाण्डेले रकम लिएको आरोप लगाएको तर अधिकृत पौडेलले आफुले कुनैपनि भ्रष्टाचार नगरेको र कुनै पनि रकम कर्मचारी पाण्डे सित नलिएको भन्दै पाण्डेले लगाएको आरोप अस्विकार गरे पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति लगाएतको टिमले लगेको रकम फिर्ता गरि आफ्नो गल्ति स्विकार गर भनि दवाद दिदै प्रमुख प्रशासकिय अधिकृतलाई कुर्सिबाट तानेर कार्यकक्षबाट भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै कार्यकक्षबाट बाहिर निकाली नजिकैरहेको प्रहरि कार्यालयमा लैजादैगर्दा नगरपालिकाका केहि कर्मचारीहरुले पौडेललाई लेखा शाखाको कार्यालय भित्र लगेर राखेका थिए ।

क्रान्तकिारी कम्युनस्टि पार्टी नेपाल बर्दियाका जिल्ला ईन्चार्ज शक्ती स्वंले प्रहरिलाई बोलाई प्रहरि आईसके पश्चात क्रान्तकिारी कम्युनस्टि पार्टी नेपालका शक्ति , प्रहरि प्रशाशन, प्रमुख प्रशासकिय अधिकृत पौडेल र उद्यम विकाश शाखाकी सहजकर्ता पाण्डे लगाएतको केहिकर्मचारी सहित लेखाको अफिस भित्र करिब आधा घण्टाको छलफल पश्चात सवै कर्मचारी आ-आफ्नो कार्यकक्षमा गएका थिए ।

आधा घण्टा सम्म बन्द कोठाभित्र के विषयमा छलफल भो भन्ने प्रश्नमा क्रान्तकिारी कम्युनस्टि पार्टी नेपाल बर्दियाका जिल्ला ईन्चार्ज शक्तीले भित्र छलफल भएको विषयमा जानकारी गराएका थिए ।

प्रमुख प्रशासकिय अधिकृतले आफुले कुनैपनि भ्रष्टाचारको गतिबिधिमा संलग्न नरहेको तर बासगढि नगरपालिकाकी कर्मचारी कृष्णा पाण्डेले प्रतिसोध लिएको खोज नेपाल न्युजलाई जानकारी गराए । के विषयमा प्रतिसोध भन्ने प्रश्नमा आरोप लगाउने कर्मचारी नियमित कार्यालयमा आउनुपर्ने दवाद दिएका कारण र आफुलाई मेयर लगायतले सरुवा गराउने उद्येश्यले यो सम्पूर्ण प्रपन्च रचिएको भन्दै आफु यस विषयमा निर्दोष रहेको बताय ।


अज्ञात ब्यक्तीहरुको हुल र यसै कार्यालयकी कर्मचारी कृष्णा पाण्डे मिलि निराधार आरोप लगाई हुलहुज्जत गरेको हुँदा कर्मचारी कृष्णा पाण्डे र हुलहुज्जत गर्ने ब्यक्तीहरुलाई कारबाहि गरि शान्तीशुरक्षाको ब्यवस्था नहुँदासम्म सम्पुणर् कर्मचारहिरुले स्वास्थ्य सेवा बाहेक अन्य सेवा रोक्ने भन्दै बासगढी नगरपालिकाको सम्पूणर् कर्मचारीहरुले अनिश्चितकालिन पेन डाउन गरेको घोषणा गर्दै प्रेस विज्ञप्ती जारी गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

Related articles

बारबर्दिया नगरपालिकामा टि-20 क्रिकेट प्रतियोगिता हुने

बर्दिया आज मिति २०८० असोज ८ गतेका दिन बारबर्दिया नगरपालिका नगर खेलकुद बिकाश समितिले प्रथम बर्दिया पालिका स्तरीय...

सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउको वार्षिक साधारणसभा सम्पन्न

बर्दिया सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेड भुरीगाँउ, बर्दियाको छैटौ वार्षिक साधारणसभा हिजो ३० गते सम्पन्न भएको...

बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले आपत्ति जनाउदै निकाले प्रेस बिज्ञप्ति

हिजो बर्दिया जिल्लाको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद पौडेललाई एक लाख पैतिसहजार रकम घुस लिएको भन्दै...

बुहारी कुट्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ

बारबर्दिया नगरपालीका वडा नम्मर ११ विजयनगर सखुवा टोल बस्ने वर्ष ५१ का भर्थरी थारुले हिजो साउन ३१ गते...